Skip to main content

Posts

Showing posts from May, 2020

Nature of Smart Learners

Struggle Makes us More stronger (Motivation)

STRUGGLE MAKES YOU MORE STRONGER... Struggle, challenges and hard times offer you much more value than any other time of your life. You can not grow without struggle. You can not get stronger without resistance. Think about a time in your life that may have been hard, but forced you to become better. Get grateful for the struggles and work on yourself to ensure your future has much more PLEASURE than pain... Imagine if you got what you want, every time. no struggle. no hard work. no challenges. no hard work required. some of you are saying...  that would be great... but the reality is that you would be weak !!!!!!!! And then, when something hard comes up in your life, you would not know how to handle it, because you have never gone through anything that strengthens you.   for this, I will share you a short story that is A boy wants to know that how a butterfly comes out from a cocoon.. one day he brought a cocoon from a tree to his home .he was waiting for the butterfly to c...

Do something today that your future self will Thank you for (Self motivation)

Overview Self-inspiration is a procedure wherein an individual create ways on the most proficient method to keep their self spurred consistently notwithstanding testing occasions and without direct assistance from others. Specialists state that self-inspiration is a significant factor in an individual's life since this will support the person in question see things in a constructive way. This will likewise empower the person in question to conquer difficulties by building up a mentality that could withstand preliminaries and failures.If one can build up a decent viewpoint throughout everyday life, everything will begin falling into their legitimate spots. Indeed, the person in question may even be amazed of the things that had the option to achieved in that range of time.  THE ABCs OF SELF MOTIVATION  On the off chance that you are one of the individuals who have quite recently understood the significance of self-inspiration and would need to begin it yet you simply don't have...

Nepali Sahitya (Lesson:16, Synopsis) SEE

माउजङ    बाबुसाहेव को   कोट भवानी भिक्षु विषय प्रवेश: भवानी भिक्षुको  २५ अनुच्छेद भएको राजनीतिक एवम् मनोवैज्ञानिक कथा, तृतीय पुरुषको शैलया लेखिएको राणाकालीन शासनको अन्त्य र प्रजातन्त्रको उदयले परेको प्रभावमा आधारित,  नेपालगन्जमा बिर्ता पाएका हुमायु जगङ्बहादुर राणालाई माउजङ बाबुसाहेबका रूपमा चित्रण गर्दै उनको डरलाग्दो अत्याचारी प्रवृत्ति अन्त्य भएको प्रजातन्त्र उदय भएको पृष्ठभूमिमा आधारित, राणाकालमा उद्दण्ड देखिएका शासकहरूलाई प्रजातन्त्रपछि मुर्झाउन थालेका र सर्वसाधरण जनताबाट खप्की खाए पनि सहनशील भएर बाँच्नु परेको यथार्थलाई समेटिएको,  राणाकालीन धाक, रवाफ, तिस्तेज हुँदै केवल प्रतीकात्मक ढङ्गबाट कोटका रूपमा सीमित हुन पुगेको, राणाहरूको पुरानो हैकमलाई यथावत् जोगाउने चाहना विस्तारै ध्वस्त हुँदै गएको । सारांश नेपालजन्जका बिर्तावाल घरानियाँ राणा हुमायु जङ्गबहादुरलाई माउजङ बाबुसाहेबका रूपमा लिने गर्नु, उनी जनतालाई अत्यन्त दुःख दिने र आतङ्क पार्ने स्वभावका हुनु,  उनको रवाफ प.का.ज. ले दिएको कोटका रूपमा प्रतिबिम्वित भइरहनु,  राणा...

Nepali Sahitya (Lesson:15, Synopsis) SEE

Tika -एकाङ्कीकार भीमनिधि तिवारी सारांश साँझ टहटह जून लागिरहँदा टीकाको दिन कमानसिंहकी आमा र श्रीमती सुन्तली दुःखित देखिए पनि छोरो कालुले पिङ खेलिरहनु,  प्रत्येक वर्ष फूलपातीको साँझसम्म आइ पुग्ने छोरो यसपटक टीकाको दिन रातीसम्म नआउनाले आमा बढी चिन्तित हुनु, सुन्तलीले टीकाका लागि आग्रह गरिरहनु र कालुचाहिँ पिङ खेलिरहनु,  जून छिप्पिसक्दा समेत बाबु नभएको कमानसिंह नआउनु, आामालाई चाडवाडमा छोरो नहुँदा दुःख लागिरहनु,  सुन्तलीको अग्रहबमोजिम टीका थाप्नै लाग्दा कमानसिंह आइपुग्नु,  आमालाई ढोगभेट गरेर सबैले सँगै टीका लगाइ माग्नु,  पर्सि खासी मार हान्ने भनेपछि छोरो खेल्न जानु,  मालिकको छोरो सिकिस्त बिरामी भएकाले आफू ढिलो आएको कुरा कमानसिंहले बताउनु,  आमाले पैसाको निम्ति विदेशमा काम नगर्न र नेपाललाई नै आफ्नो घर सम्झेर एक गाँस मात्रै खाएर पनि काम गर्ने कुरा बताउनु, पोहोर सालमै आमाले यस्तो सल्लाह दिएको भए कमानसिंहले स्वदेश नै छोड्ने थिएन भन्ने कुरा बताउनु,  आमा–श्रीमती र छोराका लाग कमाइएला कि भन्ने कमानसिंहले आखिरमा चारपाँच वर्ष बाहिर बसि...

Nepali Sahitya (Lesson:14, Synopsis) SEE

Ma Sadak Boldai Xu कविताको सारांश ‘बैँसालु वर्तमान’ कवितासङ्ग्रमा सङ्कलित चार अनुच्छेदमा संरचित गद्य कविता, नेपालको यातायात क्षेत्रसँग सम्बन्धित, भौगोलिक विविधता र सडकको अवस्थामा आधारित, यातायातका क्षेत्रमा देखापर्ने अप्ठ्याराहरू अथवा विकृतिको कारण सडक आफैँ नभएको स्पष्टोक्ति, सडकलाई दोष दिनेहरू सरोकारवालासँग सम्पर्क गर्नुपर्ने धारणा, सडक आफैँमा शब्दहीन भए पनि सडकका पीडा र यथार्थताहरूलाई समेटिएको, भावार्थ/सार सडक पहाड र चट्टानहरू ब्लास्टिङ गरी निर्माण गरिएको हुन्छ । यसलाई स्याहार–संहार नगरिँदा घाँटीमा फन्को मारिएको सर्पजस्तै अथवा कसैको कम्मरमा पछ्याएर सलल बग्दै तर्साउन सक्ने सम्भावना ठानिन्छ । वास्तवमा सडक त्यस्तो तर्साउने वस्तु होइन । सडकमा मानिस र सवारी साधनहरू गुड्छन्, कुत्छन्, हिँड्छन्, चिप्लेटी, कवाज र गिर खेल्छन् । त्यसैगरी रातोदिन मानिस र सवारी साधनहरू गुडिरहँदा पनि सडकले कहिल्यै छेकथुन गर्दैन । बरु यात्रु बाहक बस र माल बाहक बसहरू आपसमा जुध्ने गर्दछन् । यसमा सडकले कुनै भूमिका खेलेको हुँदैन । काठमाडौँदेखि तराई जोड्ने सडकअन्तर्गतका गोजीमारा, नागढुङ्गा, कुर्लिनघाट,...

Nepali Sahitya (Lesson:13, Synopsis) SEE

जयभुँडी निबन्धको सारांश र उद्देश्य ‘जयभुँडी निबन्ध सङ्ग्रहमा सङ्कलित हास्यव्यङ्ग्य प्रधान तेह्र अनुच्छेदमा रचित निबन्ध,  मानिसको स्वभाव र प्रकृतिप्रति व्यङ्ग्य गरिएको, पौराणिक विषय सन्दर्भदेखि धार्मिक, आध्यात्मिक मान्यता, ऐतिहासिक महापुरुष र सामाजिक तथा आर्थिक विकृतिलाई समेत समेटिएको,    खासगरी हाँडीघोप्टे, घाम्पे, टाकनटुकन र ठण्डारामजस्ता भुँडीको वर्गीकरण गरी गरिब र धनीहरूको अवस्था र स्वभावलाई दसाईएको   विषयवस्तु र प्रस्तुतिले हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति सफल भएको, भैरव अर्यालले व्यासले झैँ बुढीआमायै नमः भनी प्रारम्भमा आमालाई सम्झेर भुँडीपुराण लेख्न थाल्नु, व्यासले देवीदेवताहरूलाई सर्वोच्च माने झैँ भैरव अर्यालले भुँडीलाई विश्वकी सर्वोच्च देवी मान्नु, कृष्ण, क्राइस्ट, कन्फ्युसियस, माक्र्स, सात्रै, वाल्मीकि, होमर, स्टालस्टाय, टैगोर, दाँते, देवकोटा, सम, सेक्सपियर अलेक्जेन्डर, चङ्गेज खाँ, लिङ्कन, लेनिन, नेपोलियन, जङ्गबहादुर, विस्मार्क, पृथ्वीनारायण शाह लगायत सबै महान् व्यक्तित्वहरूको पनि जन्म भुँडीबाटै भएकाले पूजा गर्नु पर्ने धारणा राख्नु, भुँ...

Nepali Sahitya (Lesson:12, Synopsis) SEE

Clara zetkin सारांश मानव कल्याणका लागि समर्पित अन्तर्राष्ट्रिय महिला व्यक्ति जर्मनीको गाउँमा जन्मिएर अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेतासम्म बन्न सफल,  सानैदेखि निजी पुस्तकालयमा अध्ययन गर्न  रुचाउने, फ्रेन्च, इटालियन र अङ्ग्रेजी तीनओटै भाषा जान्नु, महिलाका लागि छुट्टै विश्वविद्यालय नभएकाले उच्च तहमा पढ्न नपाउनु, तत्कालीन महिलाले पढ्न नपाएको विभेद भोग्नुपरेको, पुरुषको अनुमतिविना घरबाहिर जान नपाएको, सम्पत्तिमाथि अधिकार नभएको र राजनीतिमा प्रतिबन्धित रहेको अवस्थाका विरुद्ध आवाज उठाउनु,  वैज्ञानिक समाजवादी विचारका ओसिपबाट जेटकिन प्रभावित हुनु, जर्मनमा समाजवादीमाथि प्रतिबन्ध लगाइँदा ओसिपलाई देशनिकाला गरिनु,  क्लारा र ओसिपको औपचारिक वैवाहिक सम्बन्ध असम्भव भएकाले अनौपचारिक विवाह हुनु,  दुवैबाट म्याक्सिम र नोन्स्टाइन नामक दुई सन्तान हुनु, दुवैलाई क्षयरोगका कारण श्रीमान्को मृत्यु हुनु र आफू पनि उपचार गर्न बाध्य हुनु, श्रीमान् ओसिपको मृत्युपश्चात् एकदशक पछि फ्रेडरिक जन्डलसँग सन् १८९९–१९२६ सम्म वैवाहिक सम्बन्ध कायम रहनु, सन् १८९० मा जर्मनीमा प...

Nepali Sahitya ( Lesson:11, synopsis) SEE

Lakshmi Puja कथाको सारांश बालमनोविज्ञानमा आधारित, आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूलाई समेटिएको,  थोरै सक्रिय पात्र वा चरित्रहरू प्रयोग भएको  काठमाडौँको सहरिया परिवेशलाई समेटिएको,  नेपाली संस्कृतिअन्तर्गत यमपञ्चक र विशेष गरी लक्ष्मीपूजाको महत्त्व दर्साइएको,  बालबालिकाका भावनाहरूलाई मसिनो किसिमबाट समेट्न सफल,  तिहारको रमझम सुरु भएकाले बालबालिकाहरूमा लक्ष्मीपूजाको तयारीबारे चर्चा हुनु,  कालेको छोरो मानचा, तमाखु पसलेको छोरो प्रेमचा र बिरामी तथा गरिब आमाको छोरो लालका बिचमा लक्ष्मीपूजाको तयारीसम्बन्धी कुरा हुनु,  मानचा र प्रेमचाले आ–आफ्ना घरमा विशेष तयारी गरेको कुरा भनिरहँदा गरिब लालले पनि आफ्नोे भव्य तयारी भएका बताउनु,  साथीका अगाडि कुरा गरे पनि लालका घरमा बनिबुतो गर्ने आमा प्रन्ध्र दिनदेखि बिरामी भएकाले पूजा सामग्री जुटेको अवस्था नहुनु,  चिउरा र अचार खाइरहेको लाललाई आमाले आफ्ना पात (बाबु) मरेको इतिहास बताउनु,  लालले मिठाई र पूजासामग्री कहिले किनेर ल्याउने भनी प्रश्न गर्नु,  आमाले पुलिस दाइले पूजासामग्री ल...

Nepali Sahitya (Lesson:10, Synopsis) SEE

स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस भावार्थ/सार ‘स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस’ भन्ने शीर्षकअन्तर्गत पक्षका तर्फबाट शिवलाल गौतम र लक्ष्मी चौधरीका मन्तव्य उल्लेख गरिएको,  विपक्षका तर्फबाट विमला प्रधान र राकेश मगरले मन्तव्य प्रस्तुत गरेको,  पक्षअन्तर्गत स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस भन्ने कुरा प्रमाणित गर्न निम्मबमोजिमका तर्ककहरू प्रस्तुत गरिएको अबको युग विश्वव्यापीकरणको युग हुनु, खुला, उदार र प्रतिस्पर्धाको युग हुनु,  एक्लासक्लै कुनै पनि बाँच्न नसक्नु, विकासोन्मुख मुलुकका लागि पुँजी र प्रविधि यसैबाट प्राप्त, आपसमा वस्तु, श्रम, पुँजी र प्रविधिको आदान–प्रदान हुन थाल्नु,  मानिस एउटै देशमा मात्र सीमित नभई पृथ्वीकै साद सदस्य बनेर लाभ लिन सक्नु,  मानिसका असीमित इच्छा र आकाङ्क्षाहरू सीमित घेराबाट पूर्ण नहुने भएकाले यसको आवश्यकता बढ्दै जानु, परम्परावादी जाति, धर्म, परम्परा लगायत नातावादी प्रकृतिबाट माथि उठ्न सक्नु,  सबै किसिमको स्वतन्त्रता र भेदभावरहित जीवन बाँच्न पाउनु, सक्षम व्यक्तिको संसारभरी अवसर पाउनु,  बहुराष्ट्रिय कम्पनीह...

Nepali Sahitya ( Lesson:9, Synopsis) SEE

Hamro Sanskriti भावार्थ/सार + संस्कृतिको परिचय, महत्त्व​, विशेषता र विविधतासम्बन्धी विषयवस्तुमा आधारित, + धर्म र संस्कृति प्रारम्भमा एउटै अर्थका रूपमा हुँदै प्रयोग आए पनि दुवैका बिच भिन्नता रहेको, + संस्कृति पुर्खासम्मत भएकाले यसमा परम्परागत कुराहरू गाँसिँदै आएका, + समयअनुसार संस्कृतिमा परिवर्तन वा रूपान्तरण हुने गरेको, + भूगोल, जाति र समयअनुसार हरेक संस्कृतिहरू परिवर्तनशील हुँदै आएका, + नेपाल विविध संस्कृति प्रधान मुलुक रहेको, + नेपाली संस्कृतिका आफ्नै विशिष्ट पहिचानहरू भए पनि यसभित्र अझै केही अन्धविश्वास तथा गलत परम्पराहरू हट्न नसकेको । सन्देश + संस्कृतिलाई मानवसमुदायको विशिष्ट पहिचान मान्नुपर्ने, + संस्कृतिकै कारण मानवसमाज एकताबद्ध हुँदै आएको सन्दर्भ बुझनुपर्ने, + कतिपय संस्कृतिहरूभित्रका समयसापेक्ष परिवर्तनशील विषयहरू सुधार गर्नुपर्ने, + नेपाली संस्कृति विश्वकै लागि विविधतामय भएको सन्देशमा आधारित ।

Nepali Sahitya ( Lesson:8, Synopsis) SEE

Barsa kabita मन्दाक्रान्ता छन्दको आठ श्लोकमा लेखिएको, प्रकृति र मानवजीवनको सम्बन्धलाई दर्साइएको, खास गरी वर्षाकालीन परिवेशको जीवन्त चित्रण गरिएको, अनेकौँ बिम्ब र प्रतीकहरूले सुशोभित, प्रायः अन्त्यानु-प्रासयुक्त कविता तत्सम शब्दहरूको बहुलता र केही स्वनिर्मित शब्दहरूको समेत प्रयोग कवितावाचनको श्रव्यदृश्य सामग्री ।  भावार्थ/सार (प्रत्येक श्लोकको भावार्थ) अ.  हावामा उड्ने वायुपङ्खी विमान चढेर वर्षा हरर गर्दै आइन् । उनको आगमनका क्रममा अग्ला पहाडका चुचुराहरूमा विमानका पाङ्ग्राहरू घोटिएर आकाश गड्याङगुडुङ गर्दै थर्किन थाल्यो । त्यसै बेला आगाको जस्तो चमकदार बिजुलीका झिल्काहरू चम्किँदा पहाडहरू डरले गाडानीलो रङमा परिर्वतन भए । वास्तवमा वर्षाकालीन यो प्राकृतिक परिवेश टाढाटाढासम्मका पहाडका चुलीहरू नाघ्न सक्ने चञ्चल कलिलो अवस्थामा जस्तै परिवर्तन भएको देखियो ।  आ.  वर्षाका समयमा तलतल लत्रिएका बादलहरू वास्तवमा बादल मात्र नभई तिनीहरू वर्षाले ओडेका हलुका फरपराउँदा पछ्यौरा वा मजेत्रा जस्तै देखिए । यस बेला लाखौँ मोतीका दानाहरू मिसिएको पोतेजस्तै चारैतिर चम्...

Nepali Sahitya (Lesson:7, Synopsis) SEE

प्रत्यागमन विषयप्रवेश प्रत्यागमन तात्पर्य फेरि फर्कनु हो र यहाँ भाइले दाजुकहाँ फेरि फर्किएको पाइनु, कथाले ज्ञान र मनोरञ्जन दुबै प्रदान गर्नु, नेपाली कथामा गुरुप्रसाद मैनालीको विशेष योगदान रहनु, समाजमा हुने गरेका घटनाहरूलाई नै मैनालीले कथाको विषय बनाउनु, परिवारमा कोही सदस्यले आफ्नो कर्तव्य वा व्यवहार बुझेन भने सिङ्गो परिवारले दुःख पाउने निश्चित भएको पाइनु, आफ्ना कमजोरी बेलैमा पत्ता लगाउन सके मात्र बाँकी जीवन भोगाइ राम्रो हुने विश्वास रहनु, आफ्नो पारिवारिक कमजोरी थाहा पाएर पहिलेकै जस्तो राम्रो परिवेशमा फर्किनु नै यहाँ प्रत्यागमनको तात्पर्य,  त्रिहत्तर अनुच्छेदमा लेखिएको सामाजिक आदर्शोन्मुख यथार्थवादी कथा, ‘नासो’ २०२० कथासङ्ग्रहमा सङ्कलित  भावार्थ/कथासार डेढ वर्षको सौतेनी देवर रामु र सोह्र वर्षकी शोभा आपसमा खुब मिल्नु, केटाकेटीले बनाएको बाँसको ढुङ्ग्रामा भोगटे बाँधिएको टेलिफोनमा दुवैले रमाइलो गर्नु, शोभाले रामुलाई छोरासरह र रामुले उनलाई आमासरह मान्नु,  बाइस वर्षकी शोभाले सात वर्षको रामुलाई निरन्तर मातृत्व प्रदान गरिहेकोमा टोलछिमेकीले प्रशं...