स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस
भावार्थ/सार
- ‘स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस’ भन्ने शीर्षकअन्तर्गत पक्षका तर्फबाट शिवलाल गौतम र लक्ष्मी चौधरीका मन्तव्य उल्लेख गरिएको,
- विपक्षका तर्फबाट विमला प्रधान र राकेश मगरले मन्तव्य प्रस्तुत गरेको,
- पक्षअन्तर्गत स्थानीयकरणभन्दा विश्वव्यापीकरण बेस भन्ने कुरा प्रमाणित गर्न निम्मबमोजिमका तर्ककहरू प्रस्तुत गरिएको
- अबको युग विश्वव्यापीकरणको युग हुनु,
- खुला, उदार र प्रतिस्पर्धाको युग हुनु,
- एक्लासक्लै कुनै पनि बाँच्न नसक्नु,
- विकासोन्मुख मुलुकका लागि पुँजी र प्रविधि यसैबाट प्राप्त,
- आपसमा वस्तु, श्रम, पुँजी र प्रविधिको आदान–प्रदान हुन थाल्नु,
- मानिस एउटै देशमा मात्र सीमित नभई पृथ्वीकै साद सदस्य बनेर लाभ लिन सक्नु,
- मानिसका असीमित इच्छा र आकाङ्क्षाहरू सीमित घेराबाट पूर्ण नहुने भएकाले यसको आवश्यकता बढ्दै जानु,
- परम्परावादी जाति, धर्म, परम्परा लगायत नातावादी प्रकृतिबाट माथि उठ्न सक्नु,
- सबै किसिमको स्वतन्त्रता र भेदभावरहित जीवन बाँच्न पाउनु,
- सक्षम व्यक्तिको संसारभरी अवसर पाउनु,
- बहुराष्ट्रिय कम्पनीहरूमा सहभागिता जनाउन पाउनु,
- एकाधिकारबाट मुक्त भई वस्तुहरू छानेर उपयोग गर्न पाउनु,
- प्रशस्त अवसरहरूको सिर्जना हुनु,
- प्रतिभा र अर्थतन्त्र दुवैमा सकारात्मक प्रभाव पर्नु ।
- विपक्षका तर्फबाट विमला प्रधान र राकेशमगरका विचारहरू निम्नानुसार हुनु,
- थानीयकरणले आफ्नो भाषा, संस्कृति, परम्परा, साधनस्रोत आदिलाई प्राथमिकता दिनु,
- पुर्खाको योगदान, स्वदेशी वस्तु र स्वदेशी श्रमलाई सम्मान गर्नुपर्ने धारणा जीवितै राख्नु,
- शक्तिशाली देशहरूको प्रभावबाट स्वतन्त्र जीवनशैली बाँचिरहेको अनुभव गर्न पाउनु,
- फरक वातावरणको झन्झटबाट मुक्त हुन पाऊनु,
- विकासोन्मुख, गरिब तथा विपन्न समुदाय भएका मुलुकहरूका लागि आफ्नो अस्मिता रक्षा गर्ने वातावरण कायम रहनु,
- लोकतन्त्र, मानव अधिकारजस्ता विषयहरूले सम्मान पाउनु,
- वातावरणीय प्रदूषणबाट मुक्त हुन सक्नु,
- मौलिकताबाट सम्मान र परनिर्भरताबाट मुक्ति हुनुजस्ता विशेषताहरू पाइनु,
- नैतिक मूल्य–मान्यतासहित सामुदायिक विकास र आत्मनिर्भरता बढ्दै जानु।
ङ) सन्देश
- युगले मानिसलाई विश्वव्यापीकरणतर्फ डोर्याइरहेको हुनाले त्यसको महत्त्व बुझ्नुपर्ने आवश्यकता रहेको,
- विश्वव्यापीकरणबाट मानिस सीमित घेरामा मात्र सङ्कुचित नभई पृथ्वीकै एउटा सदस्य बन्ने अवसर मिलेको,
- मानिसलाई क्षमता वा प्रतिभालाई पृथ्वीमा जहाँसुकै उपयोग गर्न पाउने वातावरण निर्माण भएको,
- संसारभरि आवश्यकता र आपूर्तिको समान अवस्था नरहेकाले त्यसलाई विश्वव्यापीकरणले पूरा गरेको,
- विश्वव्यापीकरणका केही सबल पक्षभए पनि यसले मानवीय नैतिक मूल्य–मान्यता, स्वदेशप्रतिको श्रद्धा र विश्वास तथा स्थानीय साधन–स्रोतको उपयोगमा ह्रास गराएको,
- वैचारिक, परम्परागत, जातीय वा स्थानीय अस्तित्व समाप्त हुँदै गएकाले आफ्नो गौरवशाली इतिहास नै भेटिने सम्भावना बढेको,
- विकासोन्मुख देश लागि विश्वव्यापीकरणले फाइदाभन्दा बढी बेफाइदा पुर्याइरहेको,
- अतः मानिसले विश्वव्यापीकरणलाई अवसरका रूपमा बुझे पनि यसले स्थानीयकरणमा पारेको प्रभाव बुझेर तहनुकूल व्यवहार गर्नुपर्ने कुरामा जोड दिइएको ।
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates