प्रत्यागमन
विषयप्रवेश
- प्रत्यागमन तात्पर्य फेरि फर्कनु हो र यहाँ भाइले दाजुकहाँ फेरि फर्किएको पाइनु,
- कथाले ज्ञान र मनोरञ्जन दुबै प्रदान गर्नु,
- नेपाली कथामा गुरुप्रसाद मैनालीको विशेष योगदान रहनु,
- समाजमा हुने गरेका घटनाहरूलाई नै मैनालीले कथाको विषय बनाउनु,
- परिवारमा कोही सदस्यले आफ्नो कर्तव्य वा व्यवहार बुझेन भने सिङ्गो परिवारले दुःख पाउने निश्चित भएको पाइनु,
- आफ्ना कमजोरी बेलैमा पत्ता लगाउन सके मात्र बाँकी जीवन भोगाइ राम्रो हुने विश्वास रहनु,
- आफ्नो पारिवारिक कमजोरी थाहा पाएर पहिलेकै जस्तो राम्रो परिवेशमा फर्किनु नै यहाँ प्रत्यागमनको तात्पर्य,
- त्रिहत्तर अनुच्छेदमा लेखिएको सामाजिक आदर्शोन्मुख यथार्थवादी कथा,
- ‘नासो’ २०२० कथासङ्ग्रहमा सङ्कलित
भावार्थ/कथासार
सन्देश
- आदर्श महिला शोभा (भाउजू) द्वारा गरिएका आदर्श व्यवहार र परिमाणामलाई दर्साउनु,
- इमानदार, मिहिनेती देवर (रामु) द्वारा सफलता पाउँदै गएको बताउनु,
- परिवारप्रति सद्व्यवहार गर्ने दाजु (निर्मलचन्द) को पारिवारिक वातावरण आदर्शकेन्द्री भएको देखिनु,
- गरिब परिवारमा धनी परिवारकी विलासी तथा अल्छी स्वभावकी दुलहीको प्रवेशपछि निर्मलको पारिवारिक परिवेश बिथोलिएको पाइनु,
- रामुको जागिरे जीवनले आर्थिक स्तर सबल बनाए पनि श्रीमतीको असहयोगका कारण कष्टपूर्ण समय बिताउनुपरेको दर्साउनु,
- भाउजूको सदाशयतालाई आमाको जस्तै ठानेर आखिरमा देवरले पुनः आमासरह भाउजूकै घरमा प्रत्यागमन गरी जीवनलाई नयाँ मोड दिएको बताउनु,
- परिवारमा कुनै अव्यावहारिक मान्छे सदस्य भयो भने ऊबाट सुखमय सुन्दर परिवार तत्काल बिग्रने र अविश्वासको वातावरण बढ्ने खतरा रहेको दर्साउनु,
- जस्तोसुकै भए पनि राम्रो मनले गरेको उपकारलाई मानिसले बिर्सन सक्दैन भन्ने कुरा पुनः रामुले श्रीमतीलाई छोडेर भाउजूकै घरलाई आफ्नो घर ठानी प्रत्यागमन गरेको देखाउनु,
- साथै, असल नारीबाट घर सुध्रिने र विलासितापूर्ण अल्छी नारीबाट घर बिग्रने कुरा पनि बताउनु ..आदि सन्देश ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates