जयभुँडी
निबन्धको सारांश र उद्देश्य
- ‘जयभुँडी निबन्ध सङ्ग्रहमा सङ्कलित हास्यव्यङ्ग्य प्रधान तेह्र अनुच्छेदमा रचित निबन्ध,
- मानिसको स्वभाव र प्रकृतिप्रति व्यङ्ग्य गरिएको,
- पौराणिक विषय सन्दर्भदेखि धार्मिक, आध्यात्मिक मान्यता, ऐतिहासिक महापुरुष र सामाजिक तथा आर्थिक विकृतिलाई समेत समेटिएको,
- खासगरी हाँडीघोप्टे, घाम्पे, टाकनटुकन र ठण्डारामजस्ता भुँडीको वर्गीकरण गरी गरिब र धनीहरूको अवस्था र स्वभावलाई दसाईएको
- विषयवस्तु र प्रस्तुतिले हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति सफल भएको,
- भैरव अर्यालले व्यासले झैँ बुढीआमायै नमः भनी प्रारम्भमा आमालाई सम्झेर भुँडीपुराण लेख्न थाल्नु,
- व्यासले देवीदेवताहरूलाई सर्वोच्च माने झैँ भैरव अर्यालले भुँडीलाई विश्वकी सर्वोच्च देवी मान्नु,
- कृष्ण, क्राइस्ट, कन्फ्युसियस, माक्र्स, सात्रै, वाल्मीकि, होमर, स्टालस्टाय, टैगोर, दाँते, देवकोटा, सम, सेक्सपियर अलेक्जेन्डर, चङ्गेज खाँ, लिङ्कन, लेनिन, नेपोलियन, जङ्गबहादुर, विस्मार्क, पृथ्वीनारायण शाह लगायत सबै महान् व्यक्तित्वहरूको पनि जन्म भुँडीबाटै भएकाले पूजा गर्नु पर्ने धारणा राख्नु,
- भुँडीपूजा जल र नैवेद्यका आधारमा सजिलो गरी गर्न सकिने बताउनु,
- भुँडीका लागि अनिवार्य पूजासामग्री नैवेद्य नै हुने गरेको बताउनु,
- विश्वामित्रलाई कुकुरको मासुदेखि संसारभर घर, होटल, व्यारेक, होस्टल, ट्रेन, प्लेन, बाटोघाटो जहाँसुकै पनि ‘ऊँ’ को सट्टा ‘आँ’ भन्ने किसिमबाट भुँडीकै पूजा गरिनु,
- भुँडीले नैवेधे नपाउँदा घरकी बुढीदेखि सबै रिसाउनु,
- भुँडीपूजाको झन्झट नहुँदो भने मान्छे सत्यवादी, सदाचारी हुन्थ्यो वा अणुबम नबनाई कुम्भकर्णझैँ सुत्थ्यो र मानिस जङ्गलभित्रै हुन्थ्यो भन्नु,
- गोसाइँस्थानदेखि अन्तरिक्षसम्मका मल, सोहर्नेदेखि राष्ट्रसङ्घीय काममा लागेकाहरूले पनि भुँडीपूजालाई प्राथमिकता दिने गर्नु,
- भुँडीपूजा गर्न नसके घरबार सकेर रानीपोखरी कि डाँडो ताक्नुपर्ने परिस्थिति आउनु,
- भुँडीका चार भेदमध्ये हाँडीघोप्टे भुँडीले जसरी भए पनि नैवेद्यका ठुला स्रोतहरू खोज्नु, घ्याम्पे भुँडीले त्यसभन्दा अलि सानो स्रोत खोज्नु, टाकनटुकन भुँडीले सत्रतिर दाह्रा ङिच्याउनु र ठन्डाराम भुँडी खोक्रै रहनुपर्ने बाध्यता हुनु,
- हाँडीघोप्टे र घ्याम्पे भुँडीबाट पीडित ठन्डाराम भुँडीहरू संसारभरि दुःख खप्न बाध्य भइरहनु,
- बीसौँ शताब्दीमा भुँडीले मुख बाइरहनु,
- सुरुमा काँचो तरुल र भ्याकुरबार बान् भुँडीपूजा हुने गरे पनि हिजोआज मानिसले पृथ्वीलाई बाँझो नराखी प्रशस्त नैवेद्य उत्पादन गर्नु तर आपसमा नमिल्नाले अरबौँ ठन्डाराम भुँडीहरूले रुनु पर्ने अवस्था देखापर्नु,
- माक्र्सले ठन्डाराम भुँडीतर्फ केही ध्यान दिनु अथवा भारतमा सर्वोदयको सपना देखिनु र नेपालमा पनि भूमि सुधार योजना लागू गरिनु,
- ९५ प्रतिशत भुँडीहरू नैवेद्यकै जोडजामका लागि आपसमा निहुँ खोजिरहेको पाइनु,
- जय भुँडीलाई उन्नाइसौँ महापुराणका रूपमा हेरिनु पर्ने तर्क अघि सारिनु ।सन्देश
- व्यासका महापुराणहरूबाट प्रभावित नेपालीले भैरव अर्यालद्वारा लिखित उन्नाइसौँ महापुराण पढ्नुपर्ने भन्दै हास्यव्यङ्ग्यको सन्दर्भ उठाइएको,
- ईश्वारलाई विभिन्न वर्गमा राखी विभिन्न किसिमबाट पूजा गरिएझैँ संसारका मानिसहरूको सामाजिक व्यवस्थाअनुसार मानिसका आवश्यकताहरू र चाहनाहरू बढ्ने गरेको बताइनु,
- मानिसको भुँडीकै कारण संसारभर प्रशस्त उत्पादन भए पनि एकथरी मानिसले प्रशस्त मोजमस्ती लुट्न सक्नु र अर्को थरी मानिसले शोषित भई दुःख पाइरहनु,
- भुँडीकै कारण संसारमा बमहरू निर्माण गरिनु र विश्व अशान्त बन्न पुग्नु,

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates