Clara zetkin
सारांश
- मानव कल्याणका लागि समर्पित अन्तर्राष्ट्रिय महिला व्यक्ति
- जर्मनीको गाउँमा जन्मिएर अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेतासम्म बन्न सफल,
- सानैदेखि निजी पुस्तकालयमा अध्ययन गर्न रुचाउने,
- फ्रेन्च, इटालियन र अङ्ग्रेजी तीनओटै भाषा जान्नु,
- महिलाका लागि छुट्टै विश्वविद्यालय नभएकाले उच्च तहमा पढ्न नपाउनु,
- तत्कालीन महिलाले पढ्न नपाएको विभेद भोग्नुपरेको, पुरुषको अनुमतिविना घरबाहिर जान नपाएको, सम्पत्तिमाथि अधिकार नभएको र राजनीतिमा प्रतिबन्धित रहेको अवस्थाका विरुद्ध आवाज उठाउनु,
- वैज्ञानिक समाजवादी विचारका ओसिपबाट जेटकिन प्रभावित हुनु,
- जर्मनमा समाजवादीमाथि प्रतिबन्ध लगाइँदा ओसिपलाई देशनिकाला गरिनु,
- क्लारा र ओसिपको औपचारिक वैवाहिक सम्बन्ध असम्भव भएकाले अनौपचारिक विवाह हुनु,
- दुवैबाट म्याक्सिम र नोन्स्टाइन नामक दुई सन्तान हुनु,
- दुवैलाई क्षयरोगका कारण श्रीमान्को मृत्यु हुनु र आफू पनि उपचार गर्न बाध्य हुनु,
- श्रीमान् ओसिपको मृत्युपश्चात् एकदशक पछि फ्रेडरिक जन्डलसँग सन् १८९९–१९२६ सम्म वैवाहिक सम्बन्ध कायम रहनु,
- सन् १८९० मा जर्मनीमा प्रतिबन्धित समाजवादी पार्टीले फुकुवा भएपछि उनी पार्टीमा सक्रिय रहनु,
- उनकै कारण सन् १९०८ मा जर्मनीमा महिलाहरूलाई राजनीतिक पार्टीमा औपचारिक रूपमा संलग्न गराइनु,
- सन् १९०७ मा अन्तर्राष्ट्रिय महिला सम्मेलनबाट सचिब चुनिएपछि १० वर्षसम्म सोही पदमा रहेर काम गर्नु,
- उनकै करण सन् १९१० कोपेन हेगेनम सम्पन्न अन्तर्राष्ट्रिय महिला सम्मेलनमा ८ मार्चका लागि अन्र्तराष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव गरिनु,
- यो दिवस सन् १९११ देखि मनाउन थालिनु
- धार्मिक शिक्षाका सट्टा वैज्ञानिक तथा व्यावहारिक शिक्षामा जोड दिनु,
- पहिलो विश्वयुद्धको विरोध गर्नु,
- सन् १९१५ मा उनको पहलमा विश्वयुद्ध विरुद्ध अन्तर्राष्ट्रिय महिला शान्ति सम्मेलन हुन,
- युद्धको विरोध गरेकाले उनलाई जर्मन सरकारले यातना दिएका कारण उनी अवस्थ भइरहनु,
- सन् १९१८ मा उनले जर्मनमा साम्यवादी पार्टीको स्थापना गर्नु र महिला सहभागिता जोड दिनु,
- सन् १९२१ देखि १९३३ सम्म साम्यवादी अन्तर्राष्ट्रिय समितिमा रहेर काम गर्नु,
- सन् १९३३ मा हिटलरको शासनका कारण उनको पार्टीमाथि प्रतिबन्ध लाग्नु र निर्वासित हुँदाकै अवस्थामा २० जुन १९३३ मा ७६ वर्षको उमेरमा निधन हुनु,
सन्देश
- महान् मानिसहरूले सानैदेखि समयको महत्त्व बुझेर अध्ययनलाई प्राथमिकतामा राख्ने गर्नु,
- उपलब्ध स्रोत सामग्रीहरूबाट क्षमता वृद्धि गर्दै लानु,
- उच्च विचार भए पनि प्रतिकूल परिस्थितिलाई हिम्मतका साथ बहन गर्दै लानु,
- पटक–पटक वैवाहिक जीवनको असफल भए पनि हिम्मत नहार्नु,
- महिलाहरूलाई हक अधिकार दिलाउन भरमग्दुर प्रयास गरे सफल हुन सकिने कुरा दर्साउनु,
- मानवताविरोधी विश्वयुद्धले कसैलाई पनि फाइदा नहुने कुरा सत्य प्रमाणित हुनु ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates