Tika
-एकाङ्कीकार भीमनिधि तिवारी
सारांश
- साँझ टहटह जून लागिरहँदा टीकाको दिन कमानसिंहकी आमा र श्रीमती सुन्तली दुःखित देखिए पनि छोरो कालुले पिङ खेलिरहनु,
- प्रत्येक वर्ष फूलपातीको साँझसम्म आइ पुग्ने छोरो यसपटक टीकाको दिन रातीसम्म नआउनाले आमा बढी चिन्तित हुनु,
- सुन्तलीले टीकाका लागि आग्रह गरिरहनु र कालुचाहिँ पिङ खेलिरहनु,
- जून छिप्पिसक्दा समेत बाबु नभएको कमानसिंह नआउनु,
- आामालाई चाडवाडमा छोरो नहुँदा दुःख लागिरहनु,
- सुन्तलीको अग्रहबमोजिम टीका थाप्नै लाग्दा कमानसिंह आइपुग्नु,
- आमालाई ढोगभेट गरेर सबैले सँगै टीका लगाइ माग्नु,
- पर्सि खासी मार हान्ने भनेपछि छोरो खेल्न जानु,
- मालिकको छोरो सिकिस्त बिरामी भएकाले आफू ढिलो आएको कुरा कमानसिंहले बताउनु,
- आमाले पैसाको निम्ति विदेशमा काम नगर्न र नेपाललाई नै आफ्नो घर सम्झेर एक गाँस मात्रै खाएर पनि काम गर्ने कुरा बताउनु,
- पोहोर सालमै आमाले यस्तो सल्लाह दिएको भए कमानसिंहले स्वदेश नै छोड्ने थिएन भन्ने कुरा बताउनु,
- आमा–श्रीमती र छोराका लाग कमाइएला कि भन्ने कमानसिंहले आखिरमा चारपाँच वर्ष बाहिर बसिसकेको भन्दै अब स्वदेशमै बस्ने कुरा बताउनु ,
- नेपालको आर्थिक अवस्थालाई समेट्नु,
- गरिबीका कारण नेपाली युवाहरू विदेश जान बाध्य हुने गरेको बताउनु,
- नेपाली चाडवर्प र संस्कृतिले पारिवारिक मिलन र आत्मीयतालाई संरक्षण गर्दै आउनु,
- सहनशीला नारीहरूको स्वभाव र बालमनोविज्ञानको चित्रण गरिनु,
- आफूभन्दा ठुला र आफन्तजनको भनाइलाई नेपाली सन्तानहरूले सहर्ष स्वीकार गर्ने मनोवृत्ति दर्साउन,
- सबै अटाएको ठाउँमा श्रमजीवी, स्वाभिमानी नेपाली अटाउन सक्छ भन्नु,
- पैसाका पछि दौडने र स्वदेशलाई महत्त्व नदिने वर्तमान युवा पुस्तालाई स्वदेशमै बसेर देशोन्नति गर्नका लागि उत्प्ररित गर्नु ।
- नेपाली राष्ट्रियतालाई प्राथमिकतामा राखेर लेखिएको देशभक्तिपरक एकाङ्की,
- नेपाली चाडपर्वको महत्त्वलाई दसाउँदै थौरै पात्रहरू प्रयोग गरेर तयार पारिएको पारिवारिक विषयवस्तुमा आधारित,
- आमाको ममता र केटाकेटीको मानसिकतालाई समेत समेटिएको,
- आर्थिक समस्याका कारण नेपालीहरूले विदेशमा जानुपर्ने बाध्यता दर्साइएको,
- आमाको ममता र राष्ट्रियप्रतिको विचारलाई सर्वोपरि ठानिएको ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates