Lesson:2 (Santusti)
विषयप्रवेश
- यो कविता अनुष्टुप् छन्दका चौध श्लोकमा लेखिएको,
- जीवनदर्शन र नैतिक सन्देशमा आधारित,
- प्रत्येक श्लोक आफैँमा स्वतन्त्र र पूर्ण रहेका ।
- कविता नमुनावाचनको श्रव्यदृश्य सामग्री (तयार पार्नुपर्ने)
भावार्थ/सार
(क) एकै पेट खाने भएकाले म (कवि) टम्म हुन्छु । लाउने पनि एकजोर मात्र भएकाले गम्म हुन्छु ।
(ख) सुत्नलाई तीन हात जमिन प्रशस्त छ । घामपानीबाट जोगाउने झुपडी नै पर्याप्त छ ।
(ग) स्वावलम्बी बन्न सक्दा कुनै नोकर चाहिन्न । जाँगरले सबैतिर तताएपछि कसैले कर लाउनु पर्दैन ।
(घ) सुख–सयल वा मोजमज्जाको साँध–सीमाना हुँदैन । वस्तुको स्वाद भए पनि गिलासको स्वाद छैन । जीवनमा खाँचो भएको कुरा केवल शिष्टाचारपूर्ण मिजासिलो मित्रता नै हो ।
(ङ) म घुस खाएर अन्याय गरेर धनी हुन चाहन्नँ । म परीक्षामा आँखा छलेर व्यवसायी वा उद्यमी हुन चाहन्नँ ।
(च) जीवनमा नखाई नखाई लोभ गर्दै सञ्चय गर्ने लोभीको चैन वा ऐस–आराम छैन / खाएर काम नगर्नेभन्दा अर्को कुनै पापी हुँदैन ।
(छ) अर्काको भाग खोस्नेभन्दा अर्को कुनै डाँका हुँदैन । आफू आफ्नै भर पर्न सके कहिल्यै दोष वा निन्दाले छुँदैन ।
(ज) जीवनमा आत्तिने किसिमको दुःख र मात्तिने किसिमको धनसम्पत्ति नआओस । यति भए जीवनको सारा गति राम्ररी चल्छ ।
(झ) हाम्रा दुईओटा आँखा छन् त्यसैले दुवैतिर हेर्नुपर्छ / हाम्रा दुईओटै कान छन् त्यसैले दुवैतिर सुन्नुपर्छ ।
(ञ) नाकका दुई प्वालले सुगन्ध र दुर्गन्धी चिनोस् । जिभ्राले आन्तरिक रहस्य बुझेर विचारका साथ एउटै कुरा खोलोस् ।
(ट) बत्तीस दन्त (दाँत) को काम कटकटाउनु होइन । हाम्रा हातपाउको काम छटपटाउनु होइन ।
(ठ) बलबाट राम्रो रचनात्मक काम निस्कियोस् । बुद्धिबाट नयाँ सिर्जना होओस् । मनबाट माता (आमा) को जस्तै दया–माया निस्कोस् । तनबाट नयाँ चेतना निस्कोस् ।
(ड) पृथ्वीतल खण्ड नै स्वर्ग हो । जनता नै ईश्वर हुन् । अरूलाई उपकार गर्नु सधैँको पूजा हो र फल वा परिणामचाहिँ दुःखबाट मुक्ति हो अर्थात् बन्धनबाट छुटकारा हो ।
(ढ) माथि भनिएका कुराहरूभित्र संसार छ र यति नै संसारको फगत (केवल) सार पनि हो । स्रष्टाको सृष्टिमा यसैभित्र जगत् अडेको छ ।
सन्देश
- मानिसले सुखसयलका लागि गाँस, वास, कपासजस्ता आधारभूत आवश्यकताभन्दा बढी महत्त्वाकाङ्क्षामा राख्नु हुँदैन । ती सबै व्यर्थ छन् ।
- मानिसले अन्याय र ढाँट–छल गर्नु हुँदैन र सञ्चय गर्नु हुँदैन । अर्काको भाग पनि खोस्नु हुँदैन ।
- आफूले आफ्नो क्षमता वा सामथ्र्यमाथि विश्वास गर्नुपर्छ । आत्तिने वा मात्तिने किसिमको दुःखसुख नआओस् भन्ने कुरा मनन गर्नुपर्छ ।
- मानिसले आफ्ना इन्द्रियहरूलाई सही कर्ममा लगाउनुपर्छ ।
- पृथ्वीलाई नै स्वर्ग ठानेर पृथ्वीवासीको सेवामा समर्पित हुनुपर्छ ।

Comments
Post a Comment
If you have any questions/dought please let us know
And please follow for upcoming posts
Share with your friends/relatives so that they can receive motivation/texture notes and updates